उद्देश्यहरु: OBJECTIVES
अल्पकालिन उद्देश्य :
- सदस्यहरुलाई व्यवसायिक बनाउन उत्पे्ररणा प्रदान गर्ने,
- सदस्यहरुलाई उद्यमशील बन्नको लागि अभिप्रेरित गर्ने,
- सदस्यहरुलाई निरन्तर सहकारी शिक्षा, वित्तिय साक्षरता तथा वित्तिय परामर्श प्रदान गर्ने ।
- संस्थाले आधुनिक प्रविधीहरु भित्राएर अत्यधिक कार्य गर्न मिल्ने गरी मोवाईल वैंकिङ्ग सेवाहरुको विकास गर्ने,
- साना तथा घरेलु उद्योग विकासका लागि सहुलियत ऋणको व्यवस्था गर्ने ।
- वित्तिय रुपमा दिगो, सक्षम एवं सबल रुपमा स्थापित गर्न वित्तिय सूचकहरुको संस्थाको अलग्गै स्तर निर्धारण गरी काम गर्ने,
- सदस्यहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने,
- नीतिहरु अद्यावधिक गर्ने ।
- सामुहिक रोजगारमूलक योजनामा लगानी गर्ने ।
- नियमनकारी निकायमा तोकिएको समयावधिभित्र तोकिएको ढाँचामा प्रतिवेदन वुझाउने ।
अल्पकालिन उद्देश्यहरु पूरा गर्नका लागि हरेक कृयाकलापहरुको रणनीतिहरु तय गरी कार्य गरिनेछ ।
दीर्घकालिन उद्देश्य
- संस्थामा संलग्न सदस्यहरु र समुदाय बीच स्वावलम्बन, पारस्परिक सहयोग एवं मितव्ययिताको भावना विकास गरी नियमित बचत गर्ने बानीको प्रवर्धन गर्ने,
- सदस्यहरुबाट नियमित रुपमा निक्षेप प्राप्त गर्ने, निक्षेपमा वजारको अवस्था अनुसार व्याज प्रदान गर्ने ।
- उत्पादनशील, आयमूलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरुलाई प्रतिष्पर्धी वजार दरमा ऋण प्रदान गर्ने,
- आत्मनिर्भरता तथा आत्मविश्वास सम्बन्धी धारणाबारे सदस्यहरुलाई उत्पे्ररित गर्ने,
- सदस्यहरुलाई आय–आर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउनुका साथै वित्तिय परामर्श तथा उधमशीलता विकासमा सहयोग गर्ने,
- सदस्यहरुको आर्थिक अवस्थामा सुधार गर्न सक्ने किसिमका अन्य कृयाकलाप संचालन गर्ने,
- सम्बन्धित निकायबाट स्वीकृती लिई दातृसंस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्नु,
- आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तराष्ट्रिय संस्थाहरुसंग सहयोगात्मक भावना राख्ने,
- सदस्यहरुको समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियमहरु र यस विनियममा व्यवस्था भए बमोजिम दैनिक कार्यसंचालनका साथै चल–अचल सम्पत्ति आर्जन गर्ने लगायतका कार्य गर्ने ।
- समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक तथा सामाजिक उत्थानमा मैत्रीपूर्ण सहयोग पु¥याउने,
- अन्य संघसंस्थाबाट ऋण लिने ।
- विपे्रषण सेवा उपलब्ध गराउने ।
- विमा कम्पनिसँगको सहकार्यमा एजेन्सी लिई जिवन र निर्जिवन विमा कार्यक्रम संचालन गर्ने ।
- सदस्यहरुमा स्वावलम्वनको ज्ञान पारस्परीक सहयोग र मितव्ययीताको भावना सृजना गर्ने र वचत गर्ने वानीको विकास गर्ने ।
- पूँजीको अभावको कारण आफ्नो सीप र कार्यक्षमता उपयोग गर्न अक्षम सदस्यलाई पूँजीको व्यवस्था मिलाईदिने ।
- सदस्यहरुवाट बचत संकलन गरी सो वचत वचतकर्ता समूहहरु भित्रै उत्पादनशिल र अत्यावश्यकिय कार्यमा सुलभ व्याजदरमा परिचालन गरी पूँजीको सदुपयोग गर्ने ।
- समान उद्देश्य भएका सहकारी संस्थाहरुविच समन्वय विस्तार गरी एक आपसमा पारस्परीक सहयोग तथा सेवा आदान प्रदान गर्दै एकिकरणको पहल गर्ने ।
- कार्यक्षेत्रभित्रका कम्तिमा ३० प्रतिशत जनसंख्या समेट्ने गरी सदस्यता विस्तार गर्ने ।